NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ओलीले एकताको आह्वान होइन, २ जेठ ०७५ मा नफर्किने घोषणा गर्नुभयो : भुसाल

नेकपा एमालेका नेता वेदुराम भुसालले केपी ओलीले एकताको आह्वान नगरेको बताएका छन् । उनले ओलीले २ जेठ ०७५ मा नफर्किने घोषणा गरिसकेका छन् , यस्तो अवस्थामा पार्टी एकता हुन नसक्ने ठोकुवा गरे । ‘केपी ओलीले एकताको आह्वान गर्नुभएको छैन, बरु २ जेठ ०७५ मा नफर्किने घोषणा गर्नुभयो । जस्तो कि उहाँले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदाको केन्द्रीय कमिटीका एकताको पक्षमा रहेका साथीहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटी कायम गर्ने भन्नुभयो । नेकपा हुँदाको केन्द्रीय कमिटी भन्नेबित्तिकै २ जेठमा फर्किएको भएन,’ उनले भने। नयाँ पत्रिकामा खबर छ।