NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थाहा पाउनुहोस् बुधबार रातिसम्मको मौसम पूर्वानुमान

सोमबार मुलुकको मौसम सामान्य रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागका केही क्षेत्रमा आंशिक बदली रहेपनि अन्य स्थान सामान्यतया सफा छ। दिउँसो पहाडी भूभागका थोरै स्थान तथा राति प्रदेश १, २, बागमती र गण्डकीका थोरै स्थानमा पानी पर्ने सम्भावना छ। मंगलबार प्रदेश १, २, बागमती र गण्डकीका थोरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ। बुधबार दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का देखि मध्यम तथा १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। बुधबार राति प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।