NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पाकिस्तानमा दुईवटा रेल एकआपसमा ठाेक्किए, कम्तिमा २५ जनाकाे मृत्यु

पाकिस्तानकाे सिन्ध प्रान्तमा दुईवटा रेल एकआपसमा ठाेक्किदा कम्तिमा २५ जनाकाे मृत्यु भएकाे छ। बिबिसीका अनुसार सिन्ध प्रान्त नजिकै सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसकाे रेल ठाेक्किएर दुर्घटना भएकाे हाे। रेडियो पाकिस्तानका अनुसार याे घटना साेमबार बिहान भएकाे हाे। ज्यान गुमाउनेकाे संख्या बढ्न सक्ने आँकलन गरिएकाे छ। दुर्घटनामा गम्भीर घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएकाे छ। रेलवेका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा जाँदै थियाे भने सर सैयद एक्सप्रेस रावलपिन्डीबाट कराचीका लागि छुटेकाे थियाे। दुर्घटनापछि याे ट्रयाकमा आवतजावत राेकिएकाे छ।