NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ओलीले एकताका लागि आह्वान गरेपछि प्रचण्डसँग सल्लाह गर्दै माधव नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गर्दै पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने घोषणा गरेपछि माधवकुमार नेपाल दोधारमा परेका छन् । आफ्नै समूभित्र पार्टी फुटाउन नहुने दवाव आइरहेका बेला ओलीको यस्तो घोषणापछि सल्लाह गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीच भेट भएको छ । स्रोतका अनुसार कोटेश्वरस्थित नेपालको घरमा अहिले प्रचण्ड र नेपालबीच छलफल चलिहेको छ । ओलीले पार्टीलाई पुरानै अवस्थामा फर्काउने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् । माधव समूहको मुख्य सर्त नै पार्टीलाई नवौं महाधिवेशनपछिको अवस्थामा फर्काउनु थियो । ओलीले उक्त सर्त पालना गर्ने घोषणा गरे पनि नेपाल विश्वस्त छैनन् । अबको रणनीति कस्तो हुने भन्नेबारे दुई नेताबीच छलफल चलिरहेको छ । ओलीले सत्ता संकटमा परेका बेला मात्रै वार्ताको कार्ड अघि सार्ने गरेको भन्दै जालझेलमा नपर्ने बताएका छन् । एमाले अध्यक्ष ओलीले आइतबार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए । ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने बताएका छन् । माधव नेपालले ओलीको प्रस्ताव लगत्तै आइतबार राति पनि प्रचण्डसँग छलफल गरेका थिए । माधवन नेपालले आफू पक्षी नेताहरुको बैठक बोलाएका छन् । तर, त्यसअघि आवश्यक रणनीति बनाउन भन्दै प्रचण्डसँग छलफलमा बसेका छन् । सर्वोच्चको फैसालाले नेकपा विभाजन भए पनि प्रचण्ड र नेपाल एउटै गठबन्धनमा छन् ।