NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रदेश २ : प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यतालिका

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आज बस्दैछ । आजको बैठकलाई बजेट अधिवेशनको रुपमा लिएको छ । बैठकमा सबभन्दा पहिले सभामुख सरोज कुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त छैठौं अधिवेशन आह्वान सम्बन्धी पत्र र पाँचौं अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाउने कार्यतालिका रहेको छ । यस्तै छैठौं अधिवेशन प्रारम्भको अवसरमा दलका प्रतिनिधिहरुले आ–आफ्नो भनाई राख्नेछन् । दलका प्रतिनिधिको भनाई सकिएपछि प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले विनियोजन विधेयक २०७८ को सिद्धान्त, उदेश्य, प्राथकिता तथा प्रमुख नीति आजको सभामा प्रस्तुत गरिने प्रदेश सभाका सचिव रंजित कुमार यादवले जनाएका छन् ।