NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोभिसिल्डको दोस्रो डोज लगाउन बाँकीलाई एस्ट्राजेनिका खोप लगाइने

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा लगाउनेहरूलाई एस्ट्राजेनिका खोप उपलब्ध गराउने भएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । सरकारले भारतसँग कोभ्याक्स फेसिलिटिमार्फत खरिद गरिसकेको दश लाख डोज कोभिसिल्ड नेपाल नआउने भएपछि यसको विकल्पमा सोही प्रकारको खोप एस्ट्राजेनिका रोजेको विज्ञप्तिमा उल्लेख छ । हालै डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज एस्ट्राजेनिका खोप उपलब्ध गराउने जानकारी दिएको छ । यदि उक्त खोप नेपाललाई प्राप्त भएमा १२ हप्ता पछि सोही खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइन लागिएको हो । हाल नेपालमा कोभिसिल्डको दोस्रो डोज लगाएका १३ लाख वृद्धवृद्धा दोस्रो डोजको पर्खाइमा छन् । अक्सफोर्ड युनिभर्सिटीले कोरोना उपचारका लागि निर्माण गरेको एस्ट्रोजेनिका खोपलाई भारतले कोभिसिल्डको नाममा उत्पादन गरेको हो ।