NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ओलीको प्रस्तावमा लिखित जवाफ दिँदै नेपाल

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ । सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको हो । इमान्दारितापूर्वक एकताको पक्षमा प्रस्ताव नआएको भन्दै हरेक बुँदाबुँदाको खण्डन गरी लिखित जवाफ दिने तयारी गरिएको हो । प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि आइतबार राति ६ बुँदे प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमा पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काइने तर, त्यसका लाथि माधव समूहले सर्वोच्चबाट संसद् विघटनविरुद्ध दर्ता गराएको रिट फिर्ता लिनपर्नेछ । यसका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर पनि फिर्ता लिन ओलीले आह्वान गरेका छन् ।