NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

काठमाडौं महानगरले तोक्यो कोरोनाविरुद्धको खोप लगाउने ३२ केन्द्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाविरुद्धको चिनियाँ खोप लगाउनको लागि ३२ वटा खोप केन्द्र तोकेको छ । मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि महानगरपालिकाले प्रत्यक वडामा खोप केन्द्र तोकेको हो । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक – फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने भएको छ । पहिलो दिन जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइने तयारी छ । त्यस्तै महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाले जनाएको छ । खोप केन्द्रहरू१. नन्दी रात्री स्कुल, नक्साल२. वडा कार्यालय, लाजिम्पाट३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र४. वडा कार्यालय, वालुवाटार५. वडा कार्यालय, हाँडीगाउँ६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध७. वडा कार्यालय, मित्रपार्क, चावहिल८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर१२. बुद्ध माई अस्पताल, टेकु१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी१५. भुइँखेल चौर, स्वयम्भू१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार१७. पब्लिक युथ क्याम्पस, धोवी चौर१८. पुष्पलाल पार्क, विष्णुमती किनार१९. वडा १९ कार्यालय परिसर,२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल२२. वडा कार्यालय, टेवहाल२३. नव आदर्श विद्यालय, बसन्तपुर२४. इतुमबहाल, तारणीबहाल२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी२६. वडा कार्यालय परिसर, लैनचौर२७. महावौद्ध चोक२८. कार्यालय परिसर, सिटी मार्केट२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक३१. इ. पि. यस. स्कूल, मीनभवन३२. वडा कार्यालय परिसर, पाल्पाकोट