NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नेकपामा पंचायतकालमा जस्तै ‘सुकुलगुण्डा’ले समस्या पारे : घनश्याम भुसाल

काठमाडौं । एमाले नेता घनश्याम भुसालले नेकपामा पंचायतमा जस्तै सुकुलगुण्डाहरुले समस्या पारेको बताएका छन् । पार्टीमा एकताको कुरा गर्दा आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवाद कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने समूह नै तयार भएको बताउँदै यस्तो शैलीलाई सुकुलगुण्डाको संज्ञा दिएका हुन् । ‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो’ उनले भनेका छन्, ‘पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।’