NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चार मन्त्री वर्र्खास्त भएपछि महन्थ ठाकुरपक्षीय २० सांसद संसदमा अनुपस्थित

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभा बैठकमा सत्तारुढ जनता समाजवादी पाटी नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरू अनुपस्थित भएका छन् । आजदेखि सुरु भएको प्रदेश सभाको छैठौं अधिवेशन जसपाका जसपाका सांसदहरु अनुपस्थित भएका हुन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित चार जना मन्त्रीलाई बर्खास्त गरेपछि विवाद प्रदेश सभाको बैठकसम्म पुगेको छ । प्रदेश सभामा सत्तारुढ दल जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका साँसदहरु अनुपस्थित भएपनि बैठक जारी रहेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीवाट बर्खास्त भएका सांसद सुरेश मण्डलले प्रदेश सभा बैठकमा अनुपस्थित हुने निर्णय आफ्नो पक्षले गरेको बताएका छन् । पार्टी अध्यक्ष ठाकुरको निर्देशन नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने सांसदहरुले जनाएका छन् । ठाकुर पक्षका सांसदहरुको बैठकमा प्रदेश २ का सभामुख सरोज यादव पनि सहभागी भएका थिए । प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीको ३० सांसद रहेका छन् भने राजपाका २५ सांसद रहेका छन् । राजपाका २५ मध्ये २० सांसद बैठकमा अनुपस्थित भएका रहेका छन् । यता राजपावाट मन्त्री बनेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साह अध्यक्ष उपेन्द्र पक्ष लागेका छन् । त्यस्तै सांसद रानी तिवारी, डा रिना यादव र डा अंजु कुमारी यादव पनि अध्यक्ष उपेन्द्र पक्षमा लागेका छन् ।