NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नेपालगञ्जमा अस्पतालका शय्या खाली हुँदै

बाँके । पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो संक्रमितको संख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीको चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार संक्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो ।