NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सेती अस्पतालमा गरिएको परीक्षणमा थप १३० जनामा कोरोना पुष्टि

कैलाली । पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा २७९ नमूना परीक्षण गर्दा १३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा धनगढीका ६९ जना रहेका छन् । त्यस्तै धनगढीबाहेक कैलालीका ४९ जना र अन्य जिल्लाका १२ जनामा संक्रमण पुष्टि भएको बताइएको छ। हाल अस्पतालमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट थप ११ जनाले कोरोना जितेर घर फर्किएका छन् । सोही अवधिमा थप ७ जना अस्पताल भर्ना भएका छन् । अस्पतामा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।