NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

निषेधाज्ञामा अनलाइन व्यवसाय नरोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा अवधिमा अनलाइन व्यवसाय नरोक्न अन्तरिक आदेश जारी गरेको छ । अनलाइन माध्यमबाट हुने खरिदबिक्री र डेलिभरी सेवा नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ(कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेश जारी गरेको हो । अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफल गर्न निवेदकका तर्फबाट उपस्थित अधिवक्ताहरु सुभाष पाठक, आवेश अधिकारी, सागर पौडेल, कृष्ण पाल र रक्षा सिंह तथा विपक्षीतर्फबाट उपस्थित सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बहसका गरेका थिए ।