NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

स्पेश यात्रामा जाँदै अमेजन कम्पनीका फाउन्डर बेजोस

काठमाडौं । अमेजन कम्पनीका फाउनडर जेफ बेजोस अन्तरीक्ष यात्रामा जाने भएका छन् । जुलाइमा उनी स्पेश यात्रामा जाने बताइएको छ । आफ्नो ब्लू ओरिजिन फ्लाइटको एरक्राफ्टमार्फत बेजोसले अन्तरिक्ष यात्रा गर्दैछन् । अमेजनका संस्थापक बेजोसले आफ्नो कम्पनी ब्लू ओरिजनमार्फत मानिसलाई अन्तरिक्ष यात्रा गराउने घोषणा गरेका थिए । उनको ब्लू ओरिजिन फ्लाइटको स्पेसक्राफ्ट न्यू सिप्रेड स्पेश टुरिजम रकेट परीक्षणमा सफल भइसकेको छ । कम्पनीको उक्त जहाज ल्याण्ड गर्ने र लच्च गर्नमा सफल पनि देखिएको छ । जेफ बेसोजले यस स्पेशक्राफ्टको नाम एनएस–१४ राखेका छन् । कम्पनीले लञ्च परीक्षणका बेला नयाँ बुस्टर अपग्रेडमार्फत क्याप्सुलको परीक्षण गरेको थियो । उक्त अपग्रेडेड भर्जनमा यात्री सुविधालाई पनि जाँचिएको छ । यसमा अन्तरिक्ष यात्रीलाई मिशन कन्ट्रोलसँग कुराकानी गर्नका लागि क्रु–टु–टक सिस्टम, हेरक सिटमा एक नयाँ क्रु अलर्ट सिस्टम, क्याप्सुलमा ध्वनी कम गर्नका लागि कुशन लाइनिङ र एयर कंढिशन तथा आद्रता नियन्त्रण गर्ने सिस्टम राखिएको छ ।