NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बिरामीको पेटबाट ३५ किलोको मासुको डल्लो निकालियो

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीको पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ । बिगत एक वर्षदेखि पेटमा समस्या झेल्दै आएकी ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो । अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली रहेको जानकारी दिए । उक्त टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ । यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आएपनि पहिलो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नियमित परीक्षणमा आउन नसकेका कारण रोग पालेर बसिरहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाइ छ । बिरामीका आफन्तले शल्यक्रिया शुल्क ३० हजारसहित करिब ७० हजार रुपैयाँ तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन् । अस्पतालले सक्नेजति छुट गर्नेबारेमा छलफल भइरहेको जनाएको छ