NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मोबाइल चलाउँदै सडकमा हिँड्दा ठोक्किन नदिन तेस्रो आँखाको निर्माण

के तपाईं मोबाइल फोन चलाउँदै हिडँदा सडकमा कतै ठोकिन्नु भएको छ? हिँड्दा मोबाइलमै केन्द्रित हुने बानी छ भने तपाईं पनि एक न एक पटक त मोबाइलबाट ध्यान हटाउन नसक्दा कसैसँग पक्कै ठोकिन्नु भएको छ । तर, अब भने यो समस्याबाट तपाईं मुक्त हुनसक्नु हुन्छ । जतिबेलै मोबाइलमा केन्द्रित हुनेलाई लक्षित गर्दै व्यंगात्मक रुपमा निर्माण गरिएको तेस्रो आँखाले अब सडकमै मोबाइल चलाएर हिँड्दा सामुन्ने केही आएमा प्रयोगकर्तालाई सुचित गराउने छ । ‘स्मार्टफोन जम्बिज’ को निम्ति दक्षिण कोरियाका डिजाइनर पैङ मिन वुकले ‘तेस्रो आँखा’ निर्माण गरेका हुन् । रोबोटिक रुपमा निर्माण गरिएको यो उपकरणलाई व्यक्तिको निधारमा राखेर हिँड्न मिल्छ । उनले यो उपकरणलाई व्यंग्यात्मक समाधानको नाम दिएका छन् । उनले भनेका छन्, ‘धेरै मान्छे सडकमै पनि मोबाइल चलाउँदै हिड्छन । उनीहरु हिँड्दा मोबाइलमै ध्यान हुने भएकाले कतै ठोक्किने, लडने समस्या हुन्छ । यो समस्यालाई समाधान गर्न मैले व्यंग्यात्मक रुपमा यो उपकरणको निर्माण गरेको हुँ ।’ वुकका अनुसार यो उपकरणले मानिसभन्दा एक मिटर वा दुई मिटर नजिक रहेको वस्तुलाई चिनेर प्रयोगकर्तालाई सुचित गराउँछ, जसकारण प्राकृतिक रुपमा भएका दुई आँखा मोबाइलमै केन्द्रित भएपनि दुर्घटना घट्न पाउँदैन् । ‘हाम्रो मोबाइलको आशक्तिले यस्तो उपकरण बनाउन मलाई प्रोत्साहन गर्यो,’ वुक भन्छन्, ‘यदि हामी हाम्रो दुई आँखा मोबाइलबाट निकाल्न सक्दैनौं भने हामीलाई तेस्रो आँखा चाहिन्छ । त्यसैको लागि यो बनाएको हुँ ।’