NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एमालेको रौतहट अध्यक्षमा साह, अर्को पक्ष असन्तुष्ट 

काठमाडौं । नेकपा एमालेको रौतहट अध्यक्षमा त्रिभुवन साह चयन भएका छन् । नेकपा एमाले, रौतहटको नवौ अधिवेशनबाट साह अध्यक्षतामा १३५ सदस्यीय कमिटी गठन भएको हो ।   उपाध्यक्षमा दिपक यादव, सचिवमा बालविक्रम कार्की, उप–सचिवमा पलट चौधरी र  रूपेश पटेल छनोट भएका छन् ।    पार्टी स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी गरेको भन्दै अर्को पक्षले असन्तुष्टि जनाएको छ । निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले छनोट प्रक्रियामाथि असहमति जायर गरेका हुन् । 

ताजा अपडेट

नेपालवाच विशेष