NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एकीकृत समाजवादी पोर्चुगलको अध्यक्षमा नीराजन सुवेदी चयन

लिस्बन, पोर्चुगल । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको कार्यसमिति गठन भएको छ । आइतबार गठन भएको २१ सदस्यीय मञ्चको अध्यक्षमा प्रवासी नेपाली मञ्च तथा एनआरएनए पोर्चुगलका पूर्वमहासचिव नीराजन सुवेदी चयन भएका छन् । यसैगरी उपाध्यक्षमा मनमोहन पासवान, गणेश बुढा, महासचिवमा ओम घर्ती, सचिवमा विनय खनाल, निर्माण गुरुङ र कोषाध्यक्षमा विनोद कार्की रहेका छन् । त्यसैगरी, सदस्यहरूमा रक्षा पुन ,सुशील अधिकारी, बाबुलाल कुमाल, चयनकुमार पुन, सुरेन्द्र राई, अमर गुरुङ, अनिता थापा ,रोमन बुढा, जुनकुमारी बुढा, सरस्वती गुरुङ, मानबहादुर तामाङ, थमन थापा मगर, तेजकुमारी पुन र डिबी गुरुङ चयन भएका छन् ।  

ताजा अपडेट

नेपालवाच विशेष