NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सन्दीपले आज पनि लिए दुई विकेट, १४ पुर्याए 

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिएपछि उनको टोली होबार्ट हुरिकेन्सले जित निकालेको छ । अस्ट्रेलियामा जारी बिग बास लिगअन्तर्गत आज भएको मेलवर्न रेनेगड्सविरूद्धको खेलमा सन्दीपले दुई विकेट लिँदै टोलीको जितमा सहयोग पुर्याएका हुन् । खेलमा सन्दीप आबद्ध हुरिकेन्सले ६ रनको जित हात पारेको हो ।  सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए । उनले १३ बल डट फ्याँके भने ३ चौका र १ छक्काको सामना गरेका थिए ।  जारी लिगमा सन्दीपले १३ खेल खेलेका छन् । जसमा १४ विकेट लिएका छन् । सुरुवाती केही खेलमा सन्दीपले खराब प्रदर्शन गरेका थिए । तर, पछिल्लो समयमा उनले लय समाएका छन् । सन्दीप १३ मध्ये ५ खेलमा विकेटविहीन बनेका छन् । आज जित निकालेसँगै हुरिकेन्सले प्लेअफमा स्थान बनाएको छ । जारी लिगमा हुरिकेन्सले १२ खेलबाट २७ अंक जोडेको छ ।