चितवनको रामपुरमा गाडी दुर्घटना, दुईको मृत्यु, सातजना घाइते
चितवन । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको सूचनाअनुसार भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुईजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका हुन् । मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेको प्रहरीले जनाएको छ। तीमध्ये ४५ वर्षीय देखिने पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९:३५ बजे दुर्घटनामा परेको हो । रासस
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया