सुदूरपश्चिमका मुख्यमन्त्रीको गुनासो, ‘जसलाई आदर्श नेता मानेँ, सरकार ढाल्न उनै उद्दत छन्’
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूले आदर्श मानेका नेता नै अहिले आफूविरुद्ध लागिपरेको गुनासो गरेका छन् । आफ्नै आदर्श नेता सरकार ढलाउन हात धोएर लागेको भन्दै ती नेताको चाहना पूरा नहुने बताएका छन् । आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले संघीय मन्त्री लेखराज भट्टलाई आफूले आदर्श नेता मानेको तर अहिले उनै नेता आफ्नो सरकार ढाल्न हात धोएर पछि लागेको बताए । तर, उनको उक्त चाहना कदापि पूरा नहुने दावी गरे । ‘पुस ५ गतेदेखि नै सरकार ढाल्ने ठूलो षडयन्त्र भएको थियो,’ उनले भने, ‘तर मेरा नेताको त्यो चाहना पूरा भएको छैन, अझै पनि हुने छैन, यो सरकार नै ५ वर्ष सञ्चालन हुनेछ।’ उनले आफूले प्रदेशमा गरिरहेको काम प्रधानमन्त्री नै आए पनि गर्न नसक्ने दावी गरे । ‘हामीले प्रदेशको नेतृत्व गरेदेखि उत्कष्ट विकासका कामहरु गरिरहेका छौं । हाम्रो ठाउँमा प्रधानमन्त्री नै आए पनि यति गर्न सक्दैनन्’, उनले भने ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया