कोरोना संक्रमणबाट स्टाफ नर्ससहित दुईको मृत्यु
बाँकेमा कोरोना संक्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए। उनका अनुसार ६ दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकी स्टाफ नर्सको मृत्यु भएको हो। मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन्। यसैगरी बाँकेमा होमआइसोलेशनमा रहनुभएका कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय सङ्क्रमित पुरुषको पनि मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए। उनका अनुसार आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका दीर्घरोगीका बिरामीलाई परिवारकै आग्रहमा होम आइसोलेशनमा राखिएको अवस्थामा मृत्यु भएको थियो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया