जनमोर्चाका सांसद भेट्न अस्पताल पुगेका मुख्यमन्त्री गुरुङ त्यसै फर्किए
काठमाडौं । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएपछि पोखराको चरक अस्पतालमा भर्ना भएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका सांसद खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन् । तर अस्पताल प्रशासनले स्वास्थ्य मापदण्डको कारण देखाउँदै सांसद शाहीलाई भेट्न दिइएको छैन । ‘अस्पताल पुगेर उहाँ (गुरुङ) ले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । अस्पताल प्रशासनसँग उहाँ (शाही) को स्वास्थ्यवस्थाबारे बुझ्नुभयो,’ मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले भने, ‘अस्पताल प्रशासनले स्वास्थ्य मापदण्डका कारण भेट्न दिएन, आवश्यक रेखदेखसहित उहाँको उपचार भइरहेको बतायो ।’ बुधबार दिउँसोको प्रदेशसभा बैठकमा शाही अनुपस्थित भएपछि जनमोर्चाकै अर्की सांसद पियारी थापाले सांसद सम्पर्कविहीन भएकाले खोजी गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएकी थिइन् । शाहीकै अनुपस्थितिका कारण सदन अनिश्चितकालका लागि स्थगित भएको छ । तर प्रदेशस्थित सरकारी प्रयोगशालामा कोरोना परीक्षण गराउँदा सांसद शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । शाहीको कोरोना रिपोर्ट दुईथरी आएकाले उनी साँचै बिरामी नै भएर अस्पताल भर्ना भएको भन्नेमा प्रदेश सांसदहरुबीच शंका उत्पन्न भएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया