मुख्यमन्त्री गुरुङको एन्टिजिन परीक्षणमा कोभिड-१९ पुष्टि [रिपोर्टसहित]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको र्यापिड एन्टिजिन परीक्षणको रिपोर्ट ‘पोजिटिभ’ आएको छ । स्रोतका अनुसार मुख्यमन्त्रीका स्वकीय सचिवलाई ३ दिनअगाडि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्रीको एन्टिजिन परीक्षण गरिएको थियो । संक्रमक तथा सरुवा रोग अस्पताल पोखराले एन्टिजिन परीक्षण रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेको छ । उनको स्वाब संकलन भइसकेको तर पीसीआर परीक्षण रिपोर्ट भने आइनसकेको बताइएको छ । मुख्यमन्त्रीलाई मंगलबार साँझतिर ज्वरो आएपछि उनको एन्टिजिन परीक्षण गरिएको हो । त्यसअघि उनी एमालेको प्रदेश संसदीय दलको बैठकमा सहभागी भएका थिए । यस्तो छ रिपोर्ट :
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया