सुनको मूल्य घट्यो तर कारोबार शून्यजस्तै
काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १३२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १३२० रुपैयाँ तोकिएको छ । देशका प्रमुख सहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शून्यजस्तै रहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया