आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द, भारतमा साताका दुई उडान
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज बिहीबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएकाे छ। वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठककाे निर्णय अनुसार २१ गतेबाट आन्तरिक उडान बन्द गरिएकामा अन्तर्राष्ट्रिय उडान पनि राकिन लागिएकाे हाे। वैशाख मसान्तसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै भएकाे थियाे। अत्यावश्यकका बेला आन्तरिक तथा बाह्य चार्टर उडान हुने छन्। यद्यपि भारतसँग भने साताका दुई उडान हुनेछन्। भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुने छन् । तर, त्यहाँबाट आउने यात्रुलाई भने अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया