आइतबार संवैधानिक परिषद्को बैठक बस्दै : लोकसेवा, अख्तियारदेखि समावेशी आयोगसम्ममा नियुक्ति
काठमाडौं । रिक्त रहेका विभिन्न संवैधानिगका विभिन्न रिक्त पदमा पदाधिकारी नियुक्तका लागि आइतबार संवैधानिक परिषद्को बैठक बस्दैछ । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा रिक्त रहेका पदपूर्तिका लागि परिषद्को बैठक बस्न लागेको हो । यसअघि संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता र सभामुख उपस्थित हुन नमानेपछि सरकारले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएको थियो । सभामुख र विपक्षी दलका नेताले असहयोग गर्दा संवैधानिक परिषद्ले लामो समयदेखि रिक्त रहेका संवैधानिक पदहरुमा नियुक्तिको सिफारिस गर्न सकेको थिएन । त्यही आधारमा यसअघि सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्मार्फत आयोगमा पदपूर्ति गरेको थियो । अध्यादेशअनुसार बहुमतका आधारमा परिषद्ले पदाधिकारी नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था छ । त्यसअघि पाँच सदस्यीय परिषद्ले सर्वसम्मतका आधारमा निर्णय गर्नसक्ने व्यवस्था रहेकोमा अध्यादेश ल्याएर विभिन्न आयोगमा पदपूर्ति गरेको थियो । प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको परिषद् बैठकले पदपूर्तिको सिफारिस गरेको थियो । दलभित्रको आन्तरिक कलह र सत्ता संघर्षका कारण सभामुख र विपक्षी दलका नेताको उपस्थितिबिनै निर्णय गरिएको थियो । अहिले पनि सोही प्रक्रियाबाट नियुक्ति गर्ने तयारी छ । अहिले लोकसेवा आयोग खाली छ । गत पुसमा पुराना पदाधिकारीको कार्यकाल सकिएसँगै लोकसेवा आयोग रिक्त छ । जसका कारण कर्मचारी नियुक्तिमा अवरोध सिर्जना भएको छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई पदाधिकारी, निर्वाचन आयोगमा एक र समावेशी आयोगमा पदाधिकारी रिक्त छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया