पत्रकार महासङ्घका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटनामा
काठमाडौं । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको प्रदेश नं. ३ ०१००२ च ९२२६ नम्बरको कार दुर्घटनामा परेको छ। अध्यक्ष पोखरेल चढेको गाडी आज साँझ तुलसीपुरस्थित जेसिज चोक नजिक दुर्घटनामा परेको हो । गाडीमा अध्यक्ष पोखरेलसहित महासङ्घ जिल्ला अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सुदिप गौतम र उपाध्यक्ष सन्तोष सुवेदी थिए । गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए। अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रा १ च ९५५ नम्बरको स्कारपिओले पोखरेल सवार गाडीलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लगिसकेको छ । कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । रासस
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया