NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

घुन्सामा बढ्न थाले बिरामी,लक्षण कोरोनाको जस्तै तर छैन परीक्षण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ घुन्सा गाउँमा केही दिनदेखि बिरामीको सङ्ख्या बढ्दै गएको छ । समुन्द्र सतह देखि तीन हजार ५०० मिटर उचाइमा अवस्थीत घुन्सा गाउँमा दिन दिनै बिरामी बढ्न थालेको स्थानीय पेमा शेर्पाले बताए । शेर्पाका अनुसार घुन्साका प्रत्येका घरमा बिरामी छन् । उनले भने, ‘कोरोना जस्तै लक्षण छ, तर परिक्षण कसैले गरेको छैन् । यहाँ आएर कसले परीक्षण गरिदिन्छ ।’ कोभिड नै हो की भनेर डर लागिरेको शेर्पाले बताए । कोभिड—१९ को सङ्क्रमण बढ्दै गएसँगै हिमाली बस्ती घुन्सामा पनि लक्षण कोभिडकोजस्तै बिरामी देखा परेको स्थानीय टाँसी तेन्जीङ शेर्पाले बताए । केहि दिन देखि घुन्सावासीमा रुघा खोकी, टाउँको दुख्ने, छाती दुख्ने, ज्वोरो आउँने, वान्ता लाग्ने र पखाला लाग्नेजस्ता लक्षणका बिरामी बढ्दै गएको घुन्सा स्वास्थ्य एकाइ कार्यालयका प्रमुख अहेव प्रविन राईले जानकारी दिए। उनले भने, ‘निको पनि हुँदै छन् । केही दिन अगाडि प्रायः सबै घरमा बिरामी देखिएको थियो, अहिले पनि २५ घरमा बिरामी छन् ।’ रुघा खोकी, ज्वोरो, पखाला लाग्ने औषधिहरु दिँदै आएको राईले बताए । रासस

ताजा अपडेट

नेपालवाच विशेष