जुम्लाको रावतबाडामा कोरोनाको जस्तै लक्षण देखिएका दर्जनौ बिरामी, तर छैन परिक्षण
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको वडा नम्बर ६ रावतबाडामा कोरोनासँग मिल्दोजुल्दो लक्षणबाट गाउँका अधिकाशं मानिसहरु विरामी परेका छन् । विगत एक सातादेखि गाउँमा मानिसहरु विरामी परेका हुन् । तर उनीहरुको स्वास्थ्य जाँचमा स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको स्थानीयले गुनासो गरेका छन् । करिब पाँचदिनदेखि गाउँका मानिसहरुमा उस्तै खालका लक्षण देखिएका छन् र धेरै मानिसहरु विरामी परिसकेका छन् । करिब पाँच दिनमा ३५ जना विरामी परिसकेका छन् । यसबारे वडा कार्यालयलाई जानकारी गराएपनि परिक्षण र उपचारमा पहल नगरेको स्थानीयको गुनासो छ । विरामी परेकाहरुमध्ये १५ जना सिकिस्त छन् । अन्य १५ जना सामान्य अवस्थाका विरामी छन् । सिकिस्त विरामी पर्नेहरु ४० वर्षका देखि ७० वर्ष उमेर समूहका छन् । कोभिड १९ को दोस्रो लहरको महामारी आएपछि उक्त गाउँमा काठमाडौँ, सुर्खेत, भोजपुर लगायतका जिल्लाबाट मानिसहरु भित्रिएका थिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया