तराईलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य हुँदैनः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तपाई–मधेशलाई मरुभूमिकरण गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटमार्फत उनले वातावरणीय सन्तुलन बिगार्ने तथा तराई÷मधेश र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका हुन् । थापाले भनेका छन्, ‘थापाले खानीजजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ ।’ यसबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताएका छन् । अध्यादेशमार्फत ल्याइएको बजेटमा चुरेबाट ढुंगा, गिटी तथा बालुवा निकासी गर्ने भन्ने कार्यक्रम समावेश भएसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ । फिर्ता लिनका लागि सरोकारवाला सबैले दवाव दिइरहेका छन् । "खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ"भन्ने सरकारी नीतिले सर्वत्र आशंका,भ्रम र चिन्ता पैदा भएको छ।यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ।वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुंदैन— Kamal Thapa (@KTnepal) June 4, 2021
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया