जसपाका ८ मन्त्री र दुई राज्यमन्त्रीको शपथ आजै सात बजे हुने
काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट वर्तमान सरकारमा १० जना सहभागी भएका छन् । ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन् । सरकारमा सहभागी १० वटै मन्त्रीहरुको शपथ आजै हुने भएको छ । बेलुका सात बजे उनीहरु सबैको शपथ हुने बताइएको छ । अध्यायादेशमार्फत नागरिकता विधेयक जारी गरिएपछि र यसअघि आन्दोलनका क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएपछि जनता समाजवादी पार्टीको महन्थ पक्ष सरकारमा सहभागी हुनका लागि तयार भएको हो । करिब तीन महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेका थिए । नेता राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र दुई राज्यमन्त्री सरकारमा सहभागी भएका हुन् । महतोले उपप्रधान तथा शहरी विकास मन्त्रालय पाएका छन् । महतोको नेतृत्वमा सरकारमा जान लागेको जसपाबाट शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झालाई खानेपानी, विमल श्रीवास्तवलाई श्रम, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ । यसैगरी लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, उमाशंकर अरगरियालाई वन तथा वातावरण, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री दिइएको छ। यसअघि सर्वोच्चले सांसद पद गइसकेका सात जना मन्त्रीलाई काम नगर्न आदेश जारी गरेको थियो । त्यसपछि रिक्त रहेका मन्त्रालय सबै प्रधानमन्त्री ओली आफैंले राखेका थिए ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया