अर्थ, शिक्षा, कानुन र भौतिकबाहेक सबै मन्त्री हटे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार ओलीले आफ्नो मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका हुन् । नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी (जसपाको) एउटा हिस्सालाईसमेत समेट्नुपर्ने भएसँगै सोही क्रममा मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरिएको हो । मन्त्रीपरिषद् हेरफेरका क्रममा अर्थ, शिक्षा, कानुन र भौतिकबाहेक सबै मन्त्री हटाइएको छ । हाल अर्थमन्त्री रहेका विष्णु पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित यथावत कायम गरिएको छ । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बसन्तकुमार नेम्बाङलाई यथावत गरिएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया