काठमाडाैं महानगरमा मंगलबारबाट चिनियाँ खाेप, कहाँ-कहाँ छन् खाेप केन्द्र ?
मंगलबारबाट चिनियाँ खाेप भेराेसेल लगाउन पाइने भएकाे छ। काठमाडाैं महानगरपालिकामा जेठ २५-२९ गतेसम्म खाेप अभियान सञ्चालन हुने भएकाे हाे। कोभिड-१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ। यस अभियानअन्तर्गत ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिलो डाेज दिन लागिएकाे हाे। ३२ वटै वडाबाट खोप सञ्चालन गर्ने निर्णय भइसके पनि नाम सार्वजनिक भइसकेकाे छैन। यो पटक ६० वर्ष उमेर समूहका नागरिकलाई एक दिन मात्र खोप लगाइनेछ भने ६१ वर्ष उमेर समूहका नागरिकलाई एक दिन गरेर पाँच दिनसम्म खोप लगाइने विभागीय प्रमुख कुँवरले बताए। उनका अनुसार जेठ २५ गते ६० वर्षका नागरिकलाई खोप दिइनेछ भने ६१ वर्षका लागि २६ गते दिइनेछ। ६२ वर्षका लाई २७ गते, ६३ वर्षका लाई २८ गते र ६४ वर्षका लाई २९ गते गरेर पालैपालो खोप लगाइनेछ। कुन उमेर समूहलाई कुन दिन खोप लगाइने त्यसबारे सूचना सार्वजनिक गर्ने उनले बताए। उक्त उमेर समूहका नागरिकलाई चीन सरकारले उपलब्ध गराएको भेरोसेल ९चाइनिज खोप० को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब १ लाख व्यक्ति लाभान्वित भएका थिए ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया