सार्वजनिक यातायातमा अब यात्रुलाई बढीमा पाँच रुपैयाँमा मास्क उपलब्ध गराउनु पर्ने
काठमाडौं । काठमाडौं उपत्यकामा आज १२ बजे देखि ‘स्मार्ट लकडाउन’ सुरु हुने भएको छ । भोलि बुधबारबाट सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइदैंन । सबै यात्रुलाई मास्क अनिबार्य गर्न सरकारले निर्देशन दिएको छ । यस्तै, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नु पर्ने छ । चालक तथा सहचालकले मास्क र फेससिल्ड लगाउनु पर्ने उक्त निर्देशिकामा उल्लेख गरिएको छ । सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नु पर्ने छ । सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैया लिई मास्क उपलब्ध गराउनु पर्ने छ । मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिन सरकारले आदेश दिएको छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीचबाटोमा थप यात्रु नचढाउने गरी शुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई उपलध पर्ने छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने पनि उक्त निर्देशिकामा उल्लेख गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषदको पुस ३० गतेको निर्णयबाट यस्तो निर्देशन जारी गरिएको हो । यो निर्देशिका आज राती १२ बजेबाट लागु हुने छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया