NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दाेलखामा जीप दुर्घटना : चार जनाको मृत्यु, वडाध्यक्षसहित १८ घाइते

दोलखाको बिगु गाउँपालिका-४, सिँगटीमा साेमबार राति जीप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएको छ। प्रदेश ३-०१२३ च७५८० नम्बरको जीप सिँगटी नजिकैको चारगोलाईमा दुर्घटना हुँदा विगु गाउँपालिका-३ वुलुङका विनोद केसी,अजिता खत्री, राधा खड्का र चण्डीका थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। दुर्घटना वडा नम्बर ३ का वडध्यक्ष श्रीराम खड्का घाइते भएका छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौ लगिएको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए। दुर्घटनामा थप १७ जना घाइते भएका छन्। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी, रोल्वालीङ अस्पताल सिंगटी, दोलखा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरुलाई काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष