NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

वैशाख ११ गते धरहरा उद्घाटनको तयारी

धरहराकाे उद्घाटन वैशाख ११ गते गर्ने तयारी गरिएकाे छ। १२ वैशाख २०७२काे भूकम्पले भत्काएकाे धरहरा पुननिर्मार्ण गरिरहेकाे राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको ६ वर्षका अवसरमा उद्घाटनकाे तयारी थालिएकाे साेमबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयाेजना गरेकाे कार्यक्रममा बताएका हुन्। भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी उनले दिए। भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए।

ताजा अपडेट

नेपालवाच विशेष