NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सुनसरीमा फल्यो कालो गहुँ

सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् । कालो गहुँ सुगर फ्री क्लाक रहेको छ । मेहताले कालो गहुँ त फलाएका छन् तर सुरुमा सुन्दा आफूलाई अचम्म लागेको बताए तर थाहा पाएपछि भारतको इन्दोरमा रहेका साथीबाट गत वैशाखमा १४० केजी कालो गहुँको बीउ ल्याएको उनले बताए । कात्तिकमा चार बिघामा छरेर प्रतिबिघा ७० मन उत्पादन गरेको उनले बताए । उनले विश्वभर कालो गहुँको माग बढेको भारतका साथीबाट सुनेर प्रेरित भई आफूले जिल्लामै पहिलो पटक यो गहुँ उत्पादन गरेको बताए । उनका अनुसार केही वर्षअघि भारतका एक किसानले नयाँ अनुसन्धानपछि पत्ता लगाएको कालो गहुँ पहिलो पटक नेपाल ल्याएको हो । मध्यप्रदेशका किसान विनोद चौहानले प्रयोगका लागि कालो गहुँको खेती गरेको र हाल भारतको इन्दोरसहित नेपालमा पनि सफल उत्पादन भएको मेहताको भनाइ छ । मेहताले कालो गहुँको मागका बारेमा थाहा नभएकाले यसको बजार नभएको तर यसका उपयोगिताबारे थाहा भएपछि बिस्तारै विस्तार हुने बताए। यस पटक उनले चार बिघामा एक क्विन्टल ४० केजी गहुँ छर्नुभएको थियो । उनले यस गहुँको बीउ प्रतिकेजीमा ३६५ रुपैयाँमा किनेका थिए । त्यसबाट उनले ११२ क्विन्टल गहुँ उत्पादन गरिसकेका छन् । गोरखापत्रमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष