NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आज वर्षाकाे सम्भावना कति? तुवाँलाे कायमै

काठमाडाैं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रकाे आकाशमा मंगलबार पनि तुवाँलाे लागेकाे छ। दुई सातापछि सुधार भएकाे माैसम फेरि प्रतिकूल बन्दा तुवाँलाे लागेकाे हाे। तर अझै रुझाउने पानी परेकाे छैन। माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव छ। मंगलबार दिउँसाे पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। बुधबार सुदूपश्चिम, कर्णाली र गण्डकी प्रदेशहमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष