NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कोरोना नियन्त्रणका लागि आज नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

नेपालमा काेराेना भाइरस संक्रमणकाे दाेस्राे लहर बढिरहेका बेला सरकारले नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएकाे छ। मन्त्रिपरिषद्‌‌को सोमबारकाे बैठकले स्वीकृत गरेको नयाँ स्वास्थ्य मापदण्ड मंगलबार सार्वजनिक गरिने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। सोमबारको बैठकमा मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको थियो। स्वास्थ्यविज्ञहरुका अनुसार पछिल्लाे पटक कम उमेर समूहमा पनि काेराेना भाइरसकाे संक्रमण देखा पर्न थालेकाे छ। स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट पठनपाठन गराउन सरकारलाई सिफारिस गरेकाे थियाे। तर साेमबारकाे बैठकले यसबारे कुनै निर्णय गरेन। नेपालमा फेरि लकडाउन हुन सक्ने आँकलनसमेत भइरहेका बेला सरकारकाे पछिल्लाे निर्णय (कुनै पनि क्षेत्र बन्द नगर्ने) ले तत्कालका लागि लकडाउनकाे भय हटेकाे छ। नेपालमा सोमबार मात्र ४ सय ९६ मा संक्रमण देखिएकाे थियाे। पछिल्लाे पटक १३ जना काेराेना संक्रमितकाे मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष