NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

लोक सेवाका परिक्षार्थीले अक्सर गर्ने गल्तिहरु

लोक सेवामा असफल हुनुको कारण नजानेर मात्र हुँदै होईन । कहिलेकाँही विद्यार्थीले गर्ने सानासाना कमजोरीले पनि लोक सेवामा असफलता हात लागिरहेको हुन्छ । ती कमजोरी पहिचान गरेर सुधार गर्न सकेमा लोक सेवाको सफलता धेरै नजिक हुनेछ । तर त्यस्तो कमजोरी पहिचान गर्ने र सुधार गर्ने काम भने आफैँमा चुनौतीपूर्ण हुन्छ । लोक सेवा तयारीसम्वन्धी पढाउने र लोक सेवाको उत्तरपुस्तिका जाँच गर्नेहरुसँगको कुराकानीमा लोक सेवामा परिक्षार्थीहरुले अक्सर गर्ने गल्तिहरु पहिचान गरेका छौँ । – नबुझिकन धेरै कुरा पढ्ने, अव्यवहारिक कुराहरु पढ्ने ।– सन्दर्भभन्दा बाहिर गएर जे पायो त्यही पढ्ने । पढ्नुपर्ने विषयमा पनि अनावश्यक रुपमा पढ्ने ।– जे–जे जान्नुपर्ने हो, सिक्नुपर्ने हो, त्यो भन्दा धेरै पढ्ने ।– अरुको नक्कल बढि गर्ने ।– स्तरभन्दा बढि वा कम पढ्ने । जस्तै अधिकृतको लागि तयारी गरिरहेको विद्यार्थी कोही सहसचिवले पढ्नुपर्ने कुरा पनि कण्ठ गरेर बसिरहेका हुन्छन् । केही विद्यार्थी नायब सुब्बा तहका लागि पनि नपुग्ने गरि अधिकृतको तयारी गर्छन ।– प्रत्येक तहका लागि छुट्टै प्रकारको पढाइ, लेखाइ र तयारी शैली हुनुपर्छ । जाँचको नजिक आएपछि मात्र पढ्ने होईन, अलि अगाडी देखि नै पढ्नुपर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष