NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नयाँ वर्षमा टेलिकमकाे स्प्रिङ अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमले नयाँ वर्ष २०७८ का अवसरमा स्प्रिङ अफर ल्याएकाे छ। मंगलबारदेखि आगामी ९० दिनसम्म कायम रहने याे अफरमा विभिन्न सुविधा रहेका छन्। टेलिकमका अनुसार नेपाल टेलिकमका ग्राहकले प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा २९९ रुपैयाँमा पाउनेछन्। १२५ रुपैयाँमा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर पनि रहेकाे छ। ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ। यो अफर पनि २४ सै घन्टा प्रयोग गर्न सकिन्छ। साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर पनि थप गरिएको छ। यो अफर २४ सै घन्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ। जिएसएम मोबाइल ग्राहकका लागि २८० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ। यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ। डाटा प्याक अन्तर्गत नै जम्मा ९५ रुपैयाँमा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध छ। यो प्याक ७ दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिन्छ। प्याकेज प्राप्त गर्न *1415#​ डायल गर्नुपर्ने छ।

ताजा अपडेट

नेपालवाच विशेष