NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

भारतबाट फर्किएका ३७ वर्षीय पुरुष सङ्क्रमितको मृत्यु

पर्सा । कोरोना सङ्क्रमणका कारण वीरगन्जमा आज बिहान एक पुरुषको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित युवकको आज बिहान ३ः३० बजे नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर-सिमरा उपमहानगरपालिकाका-९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत २९ मा पीसीआर रिर्पोट ‘पोजिटिभ’ आएको थियो । चैत २६ देखि वीरगन्जको एडभान्स हस्पिटलमा उपचार गराइरहेका युवकमा सङ्क्रमण पुष्टि भए पनि उनलाई थप उपचारका लागि चैत ३० मा नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज सिंहले जनाए । यसैबीच, नारायणी अस्पतालको प्रयोगशालामा चैत ३० मा ९५ वटा स्वाबको नमूना परीक्षण गर्दा २१ पुरुष र १९ महिला गरी ४० जनामा सङ्क्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये पर्साका ३७ र बाराका ३ सङ्क्रमित रहेको अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिए । उनले सङ्क्रमितमध्ये १४ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा बढी रहेको बताए । (रासस)

ताजा अपडेट

नेपालवाच विशेष