NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

फेरि किन बढ्दै छ कोरोना ? डब्लूएचओका प्रमुखले बताए यस्ता कारण

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर विश्वभर तिव्र रुपमा बढीरहेको छ । ब्रिटेनबाट सुरु भएको दोस्रो लहर भारत हुँदै नेपालमा पनि प्रवेश गरिसकेको छ । शून्यमा पुगेको मृत्युदर एक्कासी बढेको छ । साथै संक्रमण दर पनि दोब्बर देखिन्छ । आइतबार एक जनाको कोरोनाबाट मृत्यु भएकोमा सोमबार एकाएक बढेर मृतकको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसप्रति चिन्ता व्यक्ति गर्दै कोरोना नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिरहेको छ । छिमेकी देश भारतमा पनि दैनिक करिब डेढ लाखको दरमा संक्रमण देखिन थालेको छ । यसैबीच विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडमोम घेबियसले विश्वभर कोरोना भाइरसले पुनः एकपटक आफ्नो फैलावटलाई तिव्रता दिएकोबारे चेतावनी दिएका छन् । साथै यो महामारी लामो समयसम्म रहने चिन्ता व्यक्त गरेका छन् । किन बढीरहेको छ कोरोना संक्रमण ? विश्व स्वास्थ्य संगठनका प्रमुख घेबियसले भने, ‘सार्वजनिक स्वास्थ्य उपायमा निरन्तरता नदिएका कारण कोरोना भाइरसको संक्रमण र मृत्युको संख्यामा बढोत्तरी भइरहेको छ । यसबाहेक विश्वभरका मानिसबीच आत्मसन्तुष्टि र भ्रमको स्थिति भएका कारण पनि कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ ।’ उनले यो महामारी अन्त्य हुन निकै समय लाग्ने बताएका छन् । मानिसहरुले व्यवहारमा परिवर्तन नल्याएसम्म कोरोना महामारी पूरै तरिकाले अन्त्य हुन नसक्ने उनले चेतावनी दिएका छन् । ‘कोरोना भाइरसको महामारी अन्त्य हुन लामो समय लाग्ने छ’, उनले भने । घेबियसका अनुसार विश्वभरका ७८ करोड मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । तर, संक्रमण रोक्नका लागि मास्क र सामाजिक दूरीको पालना गर्नु पनि आवश्यक छ । सामाजिक दूरी र मास्कको प्रयोगले नै महामारी नियन्त्रणका लागि ठूलो हतियार हुने उनको भनाइ छ । टेड्रोसले भने, ‘हामी सबै मानिस छिट्टै आर्थिक गतिविधि सुरु भएको देख्न चाहिरहेका छौं । केही देशमा बढ्दो संक्रमणका बावजुद अनेकौं स्थानमा मानिसहरुको भीड देखिँदैछ । यद्दपि वर्ष २०२१ को पहिलो दुई महिनापछि संक्रमण र मृत्युको दरमा कमी आएको देखिन्छ । यदि हामीले सही रुपमा स्वास्थ्य मापदण्ड अपनाऔं भने कोरोना नियन्त्रण गर्न सक्छौं ।’

ताजा अपडेट

नेपालवाच विशेष