NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

अहिलेकै गतिमा संक्रमण दर बढे दैनिक ११ हजारसम्म पुग्ने सरकारको प्रक्षेपण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै गतिमा कोरोना भाइरसको संक्रमण बढे भयावह अवस्था सिर्जना हुने आंकलन गरेको छ । मन्त्रालयले जेठ अन्तिमदेखि असारमा दैनिक ११ हजारको हाराहारीमा संक्रमण पुष्टि हुने आंकलन गरेको हो । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले असारसम्ममा ६ लाखसम्म संक्रमित पुग्नसक्ने बताएका छन् । त्यो अवस्थालाई रोक्न मन्त्रालय लागिपरेको उनको भनाइ छ । संक्रमणको भयावह अवस्थालाई रोक्न सबै सजग हुनुपर्ने मन्त्री त्रिपाठीले बताएका छन् । सरकारले आफ्नो तहबाट नियन्त्रणका लागि काम गरिरहेको भन्दै कोरोनालाई भयावह हुन नदिन नागरिक स्तरबाट पनि पहल हुनुपर्ने बताए । उनले महामारीबाट बच्न सबै एकटै ठाउँमा उभिनुपर्ने अवस्था आएको बताउँदै सरोकारवाला सबैलाई सहयोथका लागि अपिल पनि गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष