NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

श्रीमती हत्या गरेर सेक्युरिटीमा काम गर्न गएका पुरीलाई दुर्बइबाट ल्यायो प्रहरीले

काठमाडौं । नेपाल प्रहरीले दुबईमा पुगेर श्रीमति हत्या आरोपीलाई नेपाल ल्याएको छ । तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई प्रहरीले दुबई पुगेर ल्याएको हो । उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो । २०७६ सालमा आफ्नै श्रीमतीको हत्या गरी उनी दुबई भागेका थिए । श्रीमतीको हत्या गर्ने अन्य दुई जना उनकै भाइहरू पुर्पक्षको लागि कारागार चलान भइसकेका छन् । पुरीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो । उनको खोजी गर्ने क्रममा इन्टरपोल आबुधाबी युएईको समन्वय लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पुरी दुबईमा सेक्युरिटी गार्डको रुपमा काम गरिरहेका थिए । उनलाई लिन प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको नेतृत्वमा प्रहरी टोली दुबई गएको थियो । चैत २८ गते गएको टोली मंगलबार बिहान काठमाडौं आइपुगेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । नेपाल ल्याइएका पुरीलाई अहिले प्रधान कार्यालयमै राखिएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइने इन्टरपोल शाखाले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष