NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

तनहुँको वनबाट चितुवा नियन्त्रणमा लिइयो

काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट सोमबार चितुवा नियन्त्रणमा लिएको हो । कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए। महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । करिब ३५ देखि ४० किलोसम्मको रहेको उक्त चितुवा वृद्धावस्थाको छ । तनहुँका विभिन्न भागमा चितुवाको त्रास छ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँका दश बालबालिकाले ज्यान गुमाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष