NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कोरोनाका बावजुद पनि विकासको लक्ष्य हासिल गर्न सरकार सफल हुने परराष्ट्रमन्त्रीको दाबी

काठमाडौं । परराष्ट्रमन्त्री तथा सरकार प्रवक्ता प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि नेपालले विकासको लक्ष्य भेट्ने बताए । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहे पनि सन् २०३० को अन्त्यसम्ममा दिगो विकासका लक्ष्य भेट्टाउने उनले विश्वास व्यक्त गरे । नेपालमा विकास अनुसन्धान प्रतिष्ठानजस्ता संस्थाहरूले नेपालको विकासको सम्भावना र चुनौती पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने मन्त्री ज्ञवालीले बताए । नेपालको विकासमा अध्ययन अनुसन्धानको ठूलो महत्त्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अड्चन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने उल्लेख गरे । नेपालले सन् २००४ मा स्थापना गरेको विकास अनुशन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष