NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक बन्यो माइ सेकेण्ड टिचर

काठमाण्डौ । आइएनजी समूहअन्तर्गतको इनोभेट टेक कम्पनीले प्रयोगमा ल्याएको इन्टरनेट लर्निङ मोबाइल एप्लिकेशन माइ सेकेण्ड टिचर राष्ट्रिय क्रिकेट टोलीको जर्सी स्पोन्सरको रुपमा भित्रिएको छ । नेपालले मार्च २०२२ सम्म खेल्ने ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय र एक दिवसीय अन्तर्राष्ट्रियहरुका लागि माइ सेकेण्ड टिचरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको क्लोदिङ्ग रेगुलेसन अनुसार नेपाल क्रिकेट संघसँग सम्झौता गरेको हो । सम्झौता अनुसार राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा उपलब्ध सबै ठाउँहरुमा माइ सेकेण्ड टिचरले प्रमुख स्थान लिनेछ भने आइएनजी ग्रुप र इस्लिङ्गटन कलेजको पनि लोगो प्रयोग गर्नेछ । नेपाली क्रिकेट टोलीको जर्सीको वित्तीय अधिकार प्रदान गरेको एड प्याडमार्फत माइ सेकेण्ड टिचर भित्रिएको हो । क्यानले एड प्याडसँग २ जनवरी २०२१ मा सम्झौता गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष