NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

उपत्यकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । कोरोना जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित देशका ठूला सहरका विद्यालयहरु कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ । उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालयहरू एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । यस्तै स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले पनि विद्यालयमा जाेखिम बढी भएकाले बढी जनघनत्व भएका क्षेत्रका विद्यालय बन्द गर्नुपर्ने बताएका छन् । उनले विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालिन व्यवसाय पनि बन्द गर्न सिफारिस गरिएको बताए । विद्यालय बन्द गर्ने प्रस्ताव पुगे पनि सिसिएमसीले भने अहिलेसम्म यसबारे ठोस निर्णय लिएको छैन । पछिल्लोसमय कोरोना भारइसको दोस्रो लहर फैलिएको र यसबाट बालबालिका उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले धेरै जनघनत्व भएका क्षेत्रका विद्यालय एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको हो । नयाँ भ्यारियन्ट एकदम छिटो सर्ने र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै सर्ने हुँदा विद्यालय क्षेत्र बढी जोखिममा परेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष